अब उपत्यकामा ११० रुपियाँमै चिनी, १००० बढी बिक्री केन्द्रबाट उपलब्ध हुने
corporatenepal.com · Thu Sep 17 02:14:37 GMT 2026

काठमाडौं । काठमाडौँ उपत्यकाका उपभोक्ताले अब प्रतिकेजी ११० रुपियाँमा चिनी खरिद गर्न पाउने भएका छन्। चाडपर्व नजिकिँदै गर्दा बजारमा चिनी अभाव र मूल्यवृद्धिको गुनासो बढेपछि सरकारले साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सहुलियत मूल्यमा चिनी बिक्री गर्ने व्यवस्था मिलाएको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार उपत्यकाका एक हजारभन्दा बढी खुद्रा तथा थोक बिक्री केन्द्रबाट चिनी उपलब्ध गराइनेछ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको अध्यक्षतामा सरोकारवालासहित बसेको बैठकले यस्तो व्यवस्था गर्ने निर्णय गरेको हो। आपूर्ति मन्त्रालयका सहसचिव एवं आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख जितेन्द्र बस्नेतले बिहीबारदेखि उपभोक्ताले सहज रूपमा प्रतिकेजी ११० रुपियाँमा चिनी पाउने जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)