गण्डकीका पालिकाको बजेट पारित
gorkhapatraonline.com · Thu Jun 25 03:09:16 GMT 2026

म्याग्दी जिल्लाका छ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम एवं बजेट पारित गरेका छन् । गत असार ४ गतेदेखि रघुगङ्गा गाउँपालिकाले गाउँ सभा गरेसँगै सुरु भएको सभा १० गते अन्नपूर्ण गाउँपालिका र धवलागिरि गाउँपालिकाले सम्पन्न गरेसँगै सबै स्थानीय तहको बजेट पारित गरेका हुन् ।
आगामी आव २०८३/८४ का लागि नीति तथा कार्यक्रमसहित रघुगङ्गा गाउँपालिका, मालिका गाउँपालिका, मङ्गला गाउँपालिका र बेनी नगरपालिका, धवलागिरि गाउँपालिका, अन्नपूर्ण गाउँपालिकाले बजेट सार्वजनिक गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)