‘उँचा लम्बा कद’ मा अक्षय र दिशाको रमाइलो केमेष्ट्री (भिडियो)
kalakarmi.com · Mon Jun 01 07:38:35 GMT 2026

मुम्बई– बलिउड अभिनेता अक्षय कुमार तथा अभिनेत्री दिशा पटानी अभिनित नयाँ फिल्म ‘वेलकम टु जंगल’ को नयाँ गीत ‘ऊँचा लम्बा कद’ सार्वजनिक गरिएको छ । यो गीतले सन् २००७ मा रिलिज भएको फिल्म ‘वेलकम’ को चर्चित गीतको सम्झना ताजा गराएको छ ।
सार्वजनिक भिडियोमा अक्षय कुमार र दिशा पाटनीको रमाइलो केमेस्ट्री देख्न सकिन्छ । गीतमा पुरानो ‘वेलकम’ फ्रेन्चाइजको झल्को दिन खोजिएको छ भने आधुनिक शैली र नयाँ प्रस्तुति पनि समावेश गरिएको छ । यसले दर्शकमाझ उत्साह थपेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)