म्यानचेस्टर युनाइटेड ब्राइटनसँग स्तब्ध, काराबाओ कपबाट बाहिरियो
barnanmedia.com · Thu Sep 17 02:15:48 GMT 2026
काठमाडौं । काराबाओ कपको तेस्रो चरणमा म्यानचेस्टर युनाइटेडले दुई गोलको अग्रता गुमाउँदै ब्राइटनसँग ३–२ को हार बेहोरेको छ ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा बुधबार राति भएको खेलमा युनाइटेडले सुरुवातमै दुई गोल गरे पनि दोस्रो हाफमा ब्राइटनले उत्कृष्ट पुनरागमन गर्दै अन्तिम १६ मा स्थान बनाएको हो । यो हारसँगै युनाइटेडका लागि घरेलु कप प्रतियोगितामा लगातार तेस्रो चरणमै निराशाजनक नतिजा आएको छ । अघिल्लो सिजनको काराबाओ कपमा युनाइटेड चौथो श्रेणीको ग्रिम्स्बी टाउनसँग पराजित भएको थियो भने एफए कपमा पनि ब्राइटनसँग पराजित भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)