कारबाओ कपको तेस्रो चरणबाटै बाहिरियो म्यानचेस्टर युनाइटेड
baahrakhari.com · Thu Sep 17 02:20:59 GMT 2026
काठमाडौं । दुई गोलको अग्रता जोगाउन नसक्दा प्रिमियर लिग प्रतिद्वन्द्वी ब्राइटनसँग ३–१ ले पराजित हुँदै म्यानचेस्टर युनाइटेड इंग्लिस फुटबल लिग (कारबाओ) कपको तेस्रो चरणबाटै बाहिरिएको छ ।
बुधबार ओल्ड ट्राफोर्डमा पाहुना टोली ब्राइटनलाई जित दिलाउन चारलाम्पोस कोस्टौलास, पास्कल ग्रोस र म्याक्सिम डे क्युपरले गोल गरे । युनाइटेडका शिया लेसी र मेसन माउन्टले गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)