वराहक्षेत्र नगरको बजेट : कृषि, पर्यटन र पूर्वाधारमा जोड
gorkhapatraonline.com · Thu Jun 25 03:10:48 GMT 2026

सुनसरीको वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब ३ करोड ४३ लाख ६६ हजार ८१ रुपियाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १८औँ नगरसभामा उपप्रमुख नन्दाकुमारी सुनुवारले उक्त बजेट प्रस्तुत गर्नुभएको हो।
नगरपालिकाले “समृद्ध वराहक्षेत्रको आधार, कृषि, पर्यटन र दिगो पूर्वाधार” भन्ने नारासहित स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन प्रवर्द्धन तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ। सभामा नगर प्रमुख रमेश कार्कीले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। नीति तथा कार्यक्रममा प्राविधिक शिक्षा, एआई प्रविधि, शिक्षक प्रशिक्षण, दिगो भौतिक संरचना निर्माण तथा स्वास्थ्य सेवाको विस्तारलाई समेटिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)