‘बुकहिल ब्यालेड्स’मा गुञ्जिँदै दीप श्रेष्ठ
shilapatra.com · Mon Jun 01 07:33:00 GMT 2026

प्रसिद्ध गायक एवं संगीतकार दीप श्रेष्ठले आफ्नो जीवनका महत्त्वपूर्ण गीतहरू संगीत पारखीहरूमाझ प्रस्तुत गर्ने भएका छन् । बुकहिल पब्लिकेसनले सुरुवात गर्न लागेको सांगीतिक कार्यक्रम ‘बुकहिल ब्यालेड्स’को पहिलो शृङ्खलामा श्रेष्ठले आफ्ना गीतहरू फरक शैलीमा प्रस्तुत गर्न लागेका हुन् ।
यही २९ जेठ (शुक्रबार)मा काठमाडौंको शिल्पी थिएटरमा आयोजना हुने बुकहिल ब्यालेड्स : दीप श्रेष्ठ (म पत्थरको देवता होइन) कार्यक्रममा गायक एवं संगीतकार श्रेष्ठले वि.सं. २०२५ सालदेखि आजसम्मको आफ्नो सांगीतिकक जीवनका आरोहअवरोहका कथाका साथमा श्रोता–दर्शकले मन पराएका र केही नयाँ गीतहरू प्रस्तुत गर्ने विज्ञप्तिमार्फत बुकहिलले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
काठमाडौँ