सेउटासँग ऐक्यबद्धताको सन्देश छोपेपछि रियल मड्रिडका तीन खेलाडी चर्चामा
nagariknews.nagariknetwork.com · Thu Sep 17 02:28:58 GMT 2026
स्पेनिस ला लिगाअन्तर्गत एल्चेविरुद्धको खेलअघि सेउटासँग ऐक्यबद्धता जनाउने सन्देश लेखिएको जर्सीको केही भाग छोपेपछि रियल मड्रिडका किलियन एमबाप्पे, भिनिसियस जुनियर र इब्राहिमा कोनाटे चर्चामा आएका छन्।
मंगलबार राति म्यानुएल मार्टिनेज भालेरो रंगशालामा भएको खेलअघि रियल मड्रिड र एल्चेका सबै खेलाडीले आफ्नो टोलीको जर्सीमाथि ‘तोदोस सोमोस काबायास’ अर्थात् ‘हामी सबै काबायास हौँ’ लेखिएको सेतो जर्सी लगाएका थिए। यो सन्देश स्पेनको उत्तरी अफ्रिकी भूभागमा रहेको सेउटाका बासिन्दाप्रति ऐक्यबद्धता जनाउन प्रयोग गरिएको थियो।