मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विद्युत महशुसमा लगाएको करले उपभोक्तालाई मार पर्दैन : अर्थमन्त्री

annapurnapost.com · Mon Jun 01 07:48:02 GMT 2026

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने गरि सरकारले पारदर्शी ढङ्गले बजेट ल्याएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघले सोमबार काठमाडौंमा आयोजना गरेको बजेट छलफलमा अर्थमन्त्री वाग्लेले भूकम्प र कोराना महामारीका साथै अन्तराष्ट्रिय घटनाले मुलुकको अर्थतन्त्रमा परेको असरलाई अन्त्य गर्दै अर्थतन्त्रको बृहत सुधार गर्नेगरी सरकारले पारदर्शी ढङ्गले बजेट बजेट ल्याएको बताएका हुन्।

उनले ऋणमा आश्रित नभइ आन्तरिक स्रोतमा महत्वाकांक्षी ढङ्गले १५ सय ८० अर्ब राजस्व उठाउने सरकारको लक्ष्य रहेको धारणा राखे। उनले ५ प्रतिशतको कर नीतिले उपभोक्तलाई असर नपर्ने समेत बताए । विद्युत महशुलमा लगाएको करले उपभोक्तालाई मार नपर्ने गरी विकल्पको खोजि भइरहेको उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)