मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुस्ता आएर भारतीय एसएसबीले भन्यो– नयाँ तटबन्ध निर्माणको काम रोक्नु

shilapatra.com · Mon Jun 01 07:52:00 GMT 2026

नवलपरासी पश्चिमको सुस्तास्थित नारायणी नदीमा नयाँ तटबन्ध निर्माण गर्न भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले रोकेको छ । आइतबार साँझ नेपाली भूमिमा प्रवेश गरेको एसएसबीको टोलीले सुस्ता गाउँपालिका– ५ मा नयाँ तटबन्ध निर्माणको काम अघि नबढाउन भनेको हो ।

सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले भारतीय एसएसबीको टोली आएर नयाँ तटबन्ध निर्माणको काम रोक्न भनेको बताए । आइतबार साँझ भारतीय सुरक्षाकर्मीको टोली निर्माणस्थलमा आएर नयाँ काम रोक्न भनेको जानकारी स्थानीयबाट पाएको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)

सम्बन्धित विषय