‘पेन्सन पट्टा’ले स्पेन र अस्ट्रेलियाबाट विदेश प्रदर्शन सुरु गर्ने
ratopati.com · Thu Sep 17 02:39:07 GMT 2026

काठमाडौँ । माओत्से गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म ‘पेन्सन पट्टा’ नेपाली दर्शकले रुचाइरहेका छन् । फिल्मले विदेश प्रदर्शन समेत सुरु गर्ने भएको छ । फिल्मले विदेश प्रदर्शन अस्ट्रेलिया र स्पेनको बार्सिलोनाबाट सुरु गर्न लागेको हो । बार्सिलोनामा सेप्टेम्बर २८ देखि फ्रेन्डजी इन्टरटेनमेन्टले प्रदर्शन गर्न लागेको निर्देशक गुरुङले जानकारी दिए ।
त्यसैगरी अस्ट्रेलियाका विभिन्न सहरमा सेप्टेम्बर २१ देखि प्रदर्शनमा आउनेछ । द ब्याकअप इभेन्ट्स र डीबोइज इन्टरटेनमेन्टले अस्ट्रेलियामा फिल्म प्रदर्शनको जिम्मा लिएको निर्देशक गुरुङले बताए । गुरुङका अनुसार फिल्म सिड्नी, एनएसडब्ल्यू, ब्रिस्बेनलगायतका सहरमा प्रदर्शनको तयारी गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)