सभापति लामिछाने भारत जानुअघि आएको प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रियतामा कमजोर बनायो : कांग्रेस
nepalpress.com · Mon Jun 01 07:58:59 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन शाहले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको बताएका छन्। विपक्षी दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको बताए।
उनले भने, ‘उहाँलाई केही न केही आइडिया पनि हुन सक्छ, कहाँ-कहाँ मिचिएको छ, कुन-कुन ठाउँ मिचिएको छ भन्ने कुरा। त्यसैले त्यो सार्वभौम सम्पन्न सदनमा हामी पनि आम तपाईँको नागरिकबाट तपाईँको अनुमोदित भएर आइसकेपछि नागरिकलाई पनि तपाईँको त्यो थाहा हुनुपर्छ। कहाँ-कहाँ मिचेका रहेछौँ त? तर होइन भने संसद्को रोस्टमबाट उहाँले माफी माग्नुपर्छ भन्ने हाम्रो आज अडान हुन्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)