मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बन्दीपुर बजेट : पूर्वाधार र पर्यटनमा जोड

gorkhapatraonline.com · Thu Jun 25 03:33:07 GMT 2026

तनहुँको बन्दीपुर गाउँपालिकाले सुशासन, दिगो पूर्वाधार निर्माण तथा स्वास्थ्य, शिक्षा र पर्यटन क्षेत्रको आधुनिकीकरणलाई प्रमुख प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि करिब ६९ करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाको १९औँ गाउँसभामा उपाध्यक्ष पञ्चमाया गुरुङले ६८ करोड ७८ लाख ८० हजार ८४९ रुपियाँ ३० पैसा बराबरको अनुमानित बजेट, विनियोजन विधेयक र आर्थिक ऐन प्रस्तुत गर्नुभएको हो । गाउँसभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष सुरेन्द्रबहादुर थापाले जनताको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर २२२ बुँदे नीति तथा कार्यक्रम ल्याइएको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)