बागमतीमा बेथिति : एक जनाको दरबन्दी रहेको मन्त्रालयमा २ महिनादेखि ३ सचिव
ratopati.com · Thu Sep 17 02:45:00 GMT 2026

मकवानपुर । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएर ८ वटामा सीमित गरे पनि प्रशासनिक व्यवस्थापन भने भद्रगोल बनेको छ । सरुवा प्रणालीमा संघ सरकारको लापरबाही र प्रदेशभित्र मन्त्रालयहरूको पुनर्संरचनामा तालमेल नमिल्दा भद्रगोल देखिएको हो ।
प्रदेश सरकारले एक जना सचिवको दरबन्दी कायम रहेको मन्त्रालयमा तीन जना सचिवलाई कार्यविभाजन गरी खटाएको छ । साउन मसान्तभित्रै सक्ने भनिएको ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) राजनीतिक खिचातानी र सन्तुलन मिलाउन खोज्दा लम्बिएको थियो । राजनीतिक रूपमा प्रदेशमा ८ मन्त्रालय कायम रहेको भनिए पनि प्रशासनिक संरचना र कर्मचारी व्यवस्थापन भने साबिकको १४ मन्त्रालय अन्तर्गतकै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)