नारायणगढ–हेटौँडा सडक चार लेनमा विस्तार हुँदै
gorkhapatraonline.com · Thu Sep 17 02:41:37 GMT 2026

पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–हेटौँडा सडकखण्ड चार लेनमा विस्तार हुने भएको छ । सडक विस्तारका लागि सडक विभागअन्तर्गतको आयोजना निर्देशनालय (एडीबी) ले भदौ १९ गते विश्वव्यापी बोलपत्र आह्वान गरिसकेको छ । हेटौँडाको राप्ती पुलदेखि भरतपुरको गोन्द्राङसम्मको ७० किलोमिटर सडक तीन प्याकेजमा स्तरोन्नति गर्न लागिएको हो ।
एडीबीको सहुलियतपूर्ण ऋण तथा अनुदान सहयोगमा अघि बढाइएको आयोजनाको पहिलो प्याकेजमा राप्ती पुलदेखि लोथर पुलसम्मको करिब ४० किलोमिटर, दोस्रो प्याकेजमा लोथर पुलदेखि टिकौलीसम्मको करिब २६ किलोमिटर र तेस्रो प्याकेजमा टिकौलीदेखि गोन्द्राङसम्मको करिब चार किलोमिटर सडक समेटिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)