पर्सा प्रहरीले बनायो क्यूआरसहितको पर्यटन साइट
kendrabindu.com · Thu Sep 17 02:43:30 GMT 2026

पर्सा । पर्सा जिल्लामा पर्यटन प्रवर्द्धनसँगै पर्यटकको सुरक्षा र सहजीकरणका लागि जिल्ला प्रहरी कार्यालय पर्साले जिल्लाका ऐतिहासिक, धार्मिक, पुरातात्त्विक तथा पर्यटकीय स्थलको विवरण समेटिएको क्यूआर कोडसहितको अनलाइन साइट विकास गरेको छ।
साइटमा जिल्लाका विभिन्न पर्यटकीय स्थलसम्म पुग्न लाग्ने अनुमानित समय, वीरगन्जबाट लाग्ने दूरी तथा समय, सडक र यातायातको अवस्था, खाना–नास्ता तथा बसोबासका लागि उपलब्ध होटल, रेस्टुरेन्ट तथा रिसोर्टको विवरण राखिएको छ। त्यस्तै, सम्बन्धित स्थलको नजिकको प्रहरी कार्यालय, सम्पर्क नम्बर र अस्पतालको जानकारीसमेत समावेश गरिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)