मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हत्या अभियोगमा एक जना पक्राउ

nagariknews.nagariknetwork.com · Mon Jun 01 08:00:42 GMT 2026

झापाको मेचीनगर नगरपालिका–१५ नीलकोठीमा कुटपिटबाट एक जनाको मृत्यु भएका घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बसुन्धरा खड्काका अनुसार आइतबार राति मेचीनगर–१५ नीलकोठी निवासी ५५ वर्षीय रुद्र श्रेष्ठको कुटपिटका कारण मृत्यु भएको थियो। घटनामा संलग्न भएको आरोपमा तनहुँ घर भई हाल मेचीनगर–१५ स्थित माँ पाथीभारा प्लाई फ्याक्ट्रीमा काम गर्दै आएका ३५ वर्षीय रामबहादुर गौतमलाई पक्राउ गरिएको हो। विवादका क्रममा गौतमको कुटाइबाट गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएकामा उपचारकै क्रममा आज बिहान मृत्यु भएको थियो। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)