मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नगर अस्पताल भयो अलपत्र

gorkhapatraonline.com · Thu Jun 25 03:38:32 GMT 2026

घोडाघोडी नगरपालिकामा निर्माणाधीन १५ शय्याको आधारभूत नगर अस्पतालको काम अपूरै रहेको छ । सङ्घीय सरकारले स्थानीय तहमा स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले २०७७ मङ्सिर १५ गते देशभर एकै पटक ३९६ आधारभूत अस्पतालको शिलान्यास गरेको थियो ।

त्यसै अन्तर्गत घोडाघोडी नगरपालिका–२, साडेपानीमा नगर अस्पताल निर्माण गर्ने योजना अघि बढेको थियो । अस्पताल अहिले एक तला भवन बनाएर अलपत्र छोडिएको छ । शिलान्यास भएको झन्डै छ वर्ष र ठेक्का सम्झौता भएको पाँच वर्ष पुग्न लाग्दा पनि अस्पताल भवन निर्माण अधुरै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)