माछापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकाको बजेटमा कृषि, पर्यटन र पूर्वाधार
shilapatra.com · Thu Jun 25 03:36:00 GMT 2026

कास्कीका अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट बुधबार सार्वजनिक गरेका छन् । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर यी दुई पालिकाले बजेट कार्यक्रम ल्याएका हुन् ।
अन्नपूर्णले ६५ करोड ५० लाख तथा माछापुच्छ्रेले ६८ करोड २७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । अन्नपूर्ण गाउँपालिकाले ‘कृषि, पर्यटन, ऊर्जा र पूर्वाधारः अन्नपूर्ण समृद्धिको आधार’ भन्ने दीर्घकालीन लक्ष्यलाई केन्द्रमा राखेर बजेट तर्जुमा गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)