आशिका तामाङले भनिन् : नेपालले अतिक्रमण गरेको भारतको भूमि प्रधानमन्त्रीले सार्वजनिक गर्नुपर्छ
himalpress.com · Mon Jun 01 08:08:41 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले नेपालले अतिक्रमण गरेको भारतको भूमि सार्वजनिक गर्न प्रधानमन्त्री बालेन शाह ‘वालेन्द्र’ सँग अपिल गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो अपिल गरेकी हुन्। ‘प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ, त्यसको तथ्य सार्वजनिक गरिदिनु हुन हार्दिक अपिल गर्छु,’ उनले लेखेकी छन्, ‘किनकि सधैँभर म लगायत हामी नेपालीले भारतले मात्र अतिक्रमण गरेको हिजोसम्म तथ्य थाहा थियो । तर, आजबाट हामिले बुझ्नुपर्ने दिन आएको छ कि हामीले पनि छिमेकी देशमाथि अतिक्रमण गरेका रहेछौँ।’
आइतबार बसेको प्रतिनिधिसभा बैठकको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री शाहले ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ । भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भन्दै अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिपछि प्रधानमन्त्री शाहको चौतर्फी आलोचना हुँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)
बालेन शाह