धवलागिरी गाउँपालिकाको ४८ करोड ५२ लाख बजेट सार्वजनिक
gorkhapatraonline.com · Thu Jun 25 03:44:18 GMT 2026

म्याग्दीको धवलागिरी गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४८ करोड ५२ लाख तीन हजार रुपियाँको बजेट पारित गरेको छ ।
गाउँपालिकाको केन्द्र मुनामा बुधबार सम्पन्न १७ औँ गाउँसभामा उपाध्यक्ष रेशम पुन मगरले प्रस्तुत गर्नुभएको बजेट सभाले सर्वसहमतिमा पारित गरेको हो । ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार र रोजगार : समृद्ध धवलागिरी निर्माणको आधार’ भन्ने नारालाई कार्यान्वयन गर्ने लक्ष्यसहित बजेट ल्याइएको गाउँपालिकाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
सरोज गुरागाईं