सुनौलो तोप चराको गणना
gorkhapatraonline.com · Thu Jun 25 03:45:33 GMT 2026

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ सुनौलो तोप चराको गणना सुरु गरिएको छ । निकुञ्ज कार्यालयको सहकार्यमा नेपाल पन्छी संरक्षण सङ्घले सुनौलो तोप चराको गणना गरिरहेको हो । सङ्घले सन् २०१४ देखि प्रत्येक वर्ष यो निकुञ्जमा सुनौलो तोप चराको गणना गर्दै आएको छ । गत वर्ष यही समयमा शुक्लाफाँटामा सुनौलो तोप चराको गणना गरिएको थियो । त्यस क्रममा १४८ वटा सुनौलो तोप चरा फेला परेका थिए । यसअघि २०२२ मा २४८ चरा, २०२३ मा २११ सुनौलोे तोप चरा अभिलेख गरिएको थियो । विश्वमा दुर्लभ यो प्रजातिको चरा तराईको घाँसे मैदानमा पाइने गरेको चराविद् हिरूलाल डङ्गौराले बताउनुभयो । उहाँले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदान सुनौलो तोप चराको प्रमुख वासस्थान रहेको उल्लेख गर्नुभयो । तराईको घाँसे मैदान विनाश हुँदै जानु सुनौलो तोप चरा विनाशको प्रमुख कारण रहेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)