मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रामपुर नगरपालिकाको बजेट ८४ करोड ९६ लाख

gorkhapatraonline.com · Thu Jun 25 03:40:50 GMT 2026

रामपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८४ करोड ९६ लाख २ हजार रुपियाँ बजेट पारित गरेको छ । नगर सभाको १९ औं अधिवेशन मार्फत २०८३/०८४ को नीति तथा कार्यक्रम सहित बजेट सार्वजनिक गरेको थियो ।

सभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख बालकुमारी थापाले खानेपानी, पूर्वाधार, कृषि, रोजगारी, शिक्षा, स्वास्थ्य तथा डिजिटल सुशासनलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरिएको बताउनुभयो । नगरपालिकाले तर्फ चालु खर्चमा ६० करोड १४ लाख ३४ हजार र पूँजिगत खर्च २४ करोड ८१ लाख ६८ हजार विनियोजन गरेको छ । जस मध्ये नगरपालिका बाट बाँडफाँट हुने योजना तथा कार्यक्रमको बजेट ४१ करोड ६७ लाख ७७ हजार रुपियाँ मात्र रहेको थापाले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय