मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हत्या अभियोगमा एक जना पक्राउ

barnanmedia.com · Mon Jun 01 08:10:02 GMT 2026

झापाको मेचीनगर नगरपालिका–१५ नीलकोठीमा कुटपिटबाट एक जनाको मृत्यु भएका घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बसुन्धरा खड्काका अनुसार आइतबार राति मेचीनगर–१५ नीलकोठी निवासी ५५ वर्षीय रुद्र श्रेष्ठको कुटपिटका कारण मृत्यु भएको थियो । घटनामा संलग्न भएको आरोपमा तनहुँ घर भई हाल मेचीनगर–१५ स्थित माँ पाथीभारा प्लाई फ्याक्ट्रीमा काम गर्दै आएका ३५ वर्षीय रामबहादुर गौतमलाई पक्राउ गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)