मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जन्मदिनमा सहयोग

gorkhapatraonline.com · Thu Jun 25 03:51:10 GMT 2026

मुगुका समाजसेवी दुर्गालक्ष्मी रावलले आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर मनाउनु भएको छ ।

छायानाथ रारा नगरपालिका–८ स्थित श्री महादेव आधारभूत विद्यालयका ५२ जना विद्यार्थीलाई उहाँले विद्यालयपरिसरमा विभिन्न शैक्षिक सामग्री वितरण गर्नुभएको हो । स्थानीय पर्यटन व्यवसायी रावलले सामग्री वितरण गर्दै आफ्नो बाल्यकालको अभाव, सङ्घर्ष र शिक्षाका लागि गर्नु परेको कठिन यात्रालाई स्मरण गर्नुभएको थियो । उहाँले भन्नुभयो, “मेरो बाल्यवस्था दुःखदायी थियो । पढ्न नपाएरै बित्यो । धेरै दुःख, कष्ट र सङ्घर्ष गरेर यहाँसम्म आएको हो ।” आफ्नै गाउँका भाइबहिनीको शैक्षिक उन्नतिका लागि सानो योगदान गर्न पाउँदा अत्यन्त खुसी लागेको पनि उहाँले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)