पर्यटक पर्खँदै ‘ठूलो आहाल’
nagariknews.nagariknetwork.com · Thu Jun 25 03:29:20 GMT 2026

भोजपुरको पौवादुङमा गाउँपालिका–४ बास्तिममा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण ‘ठूलो आहाल’ क्षेत्रको संरक्षण तथा व्यवस्थापन कार्य सुरु गरिएको छ। ओझेलमा परेको यस स्थललाई व्यवस्थित गर्दै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित गाउँपालिकाले संरक्षण अभियान अघि बढाएको हो।
स्थानीयस्तरमा आकर्षक प्राकृतिक पोखरीका रूपमा रहेको ठूलो आहाल क्षेत्र पर्यटकका लागि सम्भावनायुक्त स्थल मानिन्छ। हरियाली वन क्षेत्रले घेरिएको यो स्थान शान्त वातावरण, स्वच्छ हावा र प्राकृतिक सौन्दर्यका कारण आन्तरिक पर्यटनका लागि उपयुक्त गन्तव्य बन्न सक्ने स्थानीय बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
सरोज गुरागाईं