विधेयकको मूल मस्यौदा बनाउने क्षमता राज्यभित्रै हुनुपर्छ : मन्त्री गौतम
nagariknews.nagariknetwork.com · Thu Sep 17 02:49:44 GMT 2026

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन निर्माणका लागि आवश्यक विधेयकको मूल मस्यौदा तयार गर्ने संस्थागत क्षमता राज्यभित्रै विकास गर्नुपर्ने बताएकी छन्।
सामाजिक सञ्जालमार्फत मन्त्री गौतमले यस्तो बताएकी हुन्। उनले विगतमा सरकारसँग कानुनको मस्यौदा तर्जुमा गर्ने पर्याप्त संस्थागत क्षमता नभएका कारण विधेयकको मस्यौदासमेत बाह्य परामर्शदातालाई दिने गरिएको आफूले थाहा पाएको बताइन्। २०७९ को निर्वाचनपछिको संसद्मा आफूहरूले यस विषयमा प्रश्नसमेत उठाएको उनले उल्लेख गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)