विपद्पछि आत्मविश्वाससहित लयमा फर्किँदै पर्यटन, बोर्डद्वारा बंगलादेशी कर्पोरेट टोलीको स्वागत
nagariknews.nagariknetwork.com · Thu Sep 17 03:03:16 GMT 2026

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्चालन गरेको ‘नेपाल कलिङ’ अभियानले सकारात्मक सन्देश प्रवाह गरिरहेको छ। नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्मा र वरिष्ठ अधिकृत प्रेमप्रसाद भट्टराईले बंगलादेशबाट आएको १८५ जनाको कर्पोरेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा र ढाका टोपीसहित स्वागत गरेका छन्।
चीनको तिब्बतस्थित गिरोङ काउन्टी हुँदै १० भदौमा भोटेकोशी र त्रिशुलीमा आएको बाढीपछि नेपालको पर्यटनबारे विभिन्न चर्चाहरू सुरु भएका थिए। यद्पि पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन सम्बद्ध संस्थाहरूले विभिन्न माध्यमबाट नेपालका रसुवा, गोरखा र नुवाकोटका केही क्षेत्रबाहेक अन्य पर्यटकीय गन्तव्यहरू सुरक्षित रहेको सन्देश दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)