कांग्रेसका सदस्य आठ लाख
nagariknews.nagariknetwork.com · Thu Sep 17 02:58:21 GMT 2026

नेपाली कांग्रेसको १५औं महाधिवेशनमा ६ हजार पाँच सय २८ महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा निर्वाचन समितिले ६ हजार ५ सय २८ महाधिवेशन प्रतिनिधि चयन भएको जानकारी गराएको हो।
कांग्रेस विधानअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट पाँच हजार चार सय ४५ जना, प्रदेशसभा क्षेत्रीय सभापति तीन सय ३० जना र सात सय ५३ पालिका सभापति महाधिवेशन प्रतिनिधि हुन्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)