बार्सिलोनाको गोल वर्षा, रेसिङ सान्टान्डरमाथि ७-२ को शानदार जित
nepalsamaya.com · Thu Sep 17 03:06:16 GMT 2026
काठमाडौं- स्पेनिस ला लिगाअन्तर्गत बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७–२ को फराकिलो जित निकाल्दै लिगमा आफ्नो शतप्रतिशत जितको यात्रा कायम राखेको छ।
घरेलु मैदानमा भएको खेलमा राफिन्हाले ह्याट्रिक गरेपछि बार्सिलोनाले सहज जित निकालेको हो। बार्सिलोनाले आठौँ मिनेटमै जोआओ कान्सेलोको शानदार लामो दूरीको प्रहारबाट अग्रता लिएको थियो। २५औँ मिनेटमा राफिन्हाले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। रेसिङ सान्टान्डरका माग्वेटे गुएले ३०औँ मिनेटमा गोल गर्दै अन्तर घटाए पनि बार्सिलोनाले त्यसपछि लगातार दबाब बढायो। ३६औँ मिनेटमा रेसिङ सान्टान्डरका एसियर भिल्लालिब्रेले आफ्नै पोस्टमा गोल गरेपछि बार्सिलोना ३–१ ले अघि बढ्यो। पहिलो हाफको अन्त्यतिर राफिन्हाले अर्को गोल थपेपछि बार्सिलोना ४–१ को अग्रतासहित पहिलो हाफमा गएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)