नारायणी लिफ्ट सिँचाइ: मासिक विद्युत् खर्च ४२ लाखसम्म
clickmandu.com · Thu Sep 17 03:17:44 GMT 2026

नारायणगढ । चितवनको नारायणी लिफ्ट–खगेरी सिँचाइ आयोजनाले बर्खायाममा पश्चिम चितवनका किसानलाई २४सै घण्टा नारायणी नदीबाट पानी तानेर सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको छ ।
आयोजनाका पम्प २४सै घण्टा सञ्चालन गर्दा मासिक ४२ लाख रुपैयाँसम्म विद्युत् खर्च हुने गरेको छ । बर्खायाममा पश्चिम चितवनका चार हजार ७०० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउन नारायणी नदीबाट दुई वटा पम्पमार्फत निरन्तर पानी तान्ने गरिएको आयोजनाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)