धनुषाका तीन स्थानीय तहले समयमै बजेट ल्याउन सकेनन्
gorkhapatraonline.com · Thu Jun 25 04:07:56 GMT 2026

धनुषाका तीन स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि निर्धारित समयभित्र नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्न सकेका छैनन्। जनकपुरधाम उपमहानगरपालिका, कमला नगरपालिका र विदेह नगरपालिकाले समयमै नगरसभा सम्पन्न गर्न नसकेका हुन्।
जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले नगरसभा नहुनुको ठोस कारणबारे आफूलाई पूर्ण जानकारी नभएको बताउनुभयो। उहाँले नगरप्रमुख जिल्ला बाहिर रहेकाले निर्धारित समयमा नगरसभा हुन नसकेको जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)