राजनीतिक संकटपछि भनेजुएलामा दुई शक्तिशाली भूकम्पको धक्का, तस्बिरहरू
ratopati.com · Thu Jun 25 04:04:47 GMT 2026

काराकास । दक्षिण अमेरिकी मुलुक भेनेजुएलाको उत्तरी तटीय क्षेत्रमा एकै मिनेटभित्र दुईवटा शक्तिशाली भूकम्प गएका छन्। बुधबार साँझ गएका यी लगातारका भूकम्पका कारण थुप्रै भवनहरू भत्किएका छन् भने त्रसित नागरिकहरू ज्यान जोगाउन सडकमा निस्किएका छन्।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजिएस) ले यी लगातारका भूकम्पका कारण हजारौँ मानिस हताहत हुन सक्ने र व्यापक क्षति पुगेको हुन सक्ने चेतावनी दिएको छ। यद्यपि क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ। भूकम्प लगत्तै सरकारले देशैभर संकटकाल घोषणा गरेर उद्धारकर्मी र सुरक्षाकर्मी परिचालन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
निकोलस मदुरो
डेल्सी रोड्रिगेज