धारिलो हतियार प्रहार गरि श्रीमतीको हत्या गर्ने पक्राउ
annapurnapost.com · Thu Jun 25 04:01:27 GMT 2026

रौतहट: आफ्नै श्रीमतीको हत्या गरेर फरार रहेका एक पुरुषलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । फतुवा विजयपुर नगरपालिका–६ पेटभर्वा टोलका ४२ वर्षीय महन्थ राय यादवलाई पक्राउ गरिएको हो।
यादवले गत २०८२ साल फागुन ३ गते आफ्नै श्रीमती ३२ वर्षीया आरती देवी यादवलाई धारिलो हतियार ९बन्चरो० प्रहार गरी हत्या गरेका थिए। श्रीमतीको हत्या पश्चात फरार रहेका यादवको खोजी कार्य जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी कार्यालयबाट निरन्तर भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त गौतमले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
नेपाल प्रहरी