मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

वैदेशिक व्यापार : आयात निर्यात दुवै घट्यो

abhiyandaily.com

काठमाडौं । कोभिड–१९ महामारी, आर्थिक मन्दी, बैंकमा तरलता अभाव र आयात निरुत्साहित गर्ने सरकारी नीतिका कारण वैदेशिक व्यापार प्रभावित हुन थालेको छ । साउनबाट आयात घट्न थालेपछि निर्यात पनि प्रभावित भएकाले नेपालको वैदेशिक व्यापारमा प्रभाव देखिएको हो । भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०७९/८० को भदौसम्ममा देशको वैदेशिक व्यापार १५ दशमलव ७० प्रतिशतले घटेको छ । २०७८ भदौसम्ममा ३ खर्ब ५८ अर्व ५५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएकोमा २०७९ भदौसम्ममा ३ खर्ब २ अर्ब २८ करोड रुपैयाँ झरेको छ ।

विभागले आइतवार सार्वजनिक गरेको तथ्यांकअनुसार भदौसम्ममा १३ दशमलव शून्य १ प्रतिशत आयात घट्दा निर्यात ३४ दशमलव ८८ प्रतिशतले घटेको छ । यस कारण व्यापार घाटामा पनि ९ दशमलव ४५ प्रतिशतले कमी आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)