मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जितसहित अन्त गर्‍यो पाकिस्तानले विश्वकप यात्रा

deshsanchar.com · Sun Jun 16 23:33:42 UTC 2024

टी-२० विश्वकपको समूहचरणबाटै बाहिरिएको पाकिस्तानले समूह ‘ए’ को अन्तिम खेलमा आयरल्यान्डलाई पराजित गर्दै विश्वकप अभियान अन्त गरेको छ। आइतबार राति भएको खेलमा पाकिस्तानले आयरल्यान्डलाई ३ विकेटले पराजित गर्‍यो।

टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो। उसका लागि ग्यारेथ डेलानीले सर्वाधिक ३१ रन बनाउँदा मार्क एडाएरले १५ रन बनाए। त्यस्तै जोस लिट्टेले २२ रन बनाएका थिए। पाकिस्तानका लागि सहिन सा अफ्रिदी र इमाद वासिमले समान ३-३ विकेट लिंदा मोहम्मद अमिरले २ विकेट लिए। त्यस्ते हरिस रउफको नाममा १ विकेट रह्यो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)