सहकारीको सन्दर्भ ब्याजदर १३ प्रतिशतमा झर्यो
annapurnapost.com · Thu Sep 17 03:18:15 GMT 2026

काठमाडौं : सहकारीको सन्दर्भ ब्याजदर असोज १ गतेदेखि लागू हुने गरी घटेको छ। यसअघि १६ प्रतिशत रहेको सन्दर्भ ब्याजदर, सहकारी रजिस्टारको कार्यालयले निर्देशन जारी गर्दै १३ प्रतिशत कायम गरेको हो।
रजिस्टारको कार्यालयले सहकारी ऐन, २०७४ को दफा ५१ को उपदफा (१) बमोजिमको समितिको सिफारिस तथा सहकारी नियमावली, २०७५ को नियम ६९ ले दिएको अधिकार प्रयोग गरी ब्याजदरसम्बन्धी निर्देशन जारी गरेको हो। रजिस्टार कार्यालयले ब्याजलाई साँवामा गाभ्ने कामलाई पनि रोक लगाएको छ। सहकारी संस्थाहरूले नउठेको ब्याजलाई आर्थिक वर्षको अन्त्यमा साँवामा गाभी पुनः ब्याज लगाउन लगाउने गरेकोमा अब भने ब्याजलाई मूलधनमा जोडेर ब्याज लिन नपाइने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)