जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प
rajdhanidaily.com · Thu Jun 25 04:22:00 GMT 2026
काठमाडौँ । जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (एनईएमआरसी), खानी तथा भूगर्भ विभागका अनुसार बिहान ५:३६ बजे स्थानीय मापन (एमएल) अनुसार ४.१ म्याग्निच्युडको भूकम्प गएको हो। केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जुम्लाको टाम्टी क्षेत्र रहेको छ।
भूकम्पको धक्का जुम्ला तथा आसपासका क्षेत्रमा महसुस गरिएको जनाइएको छ। हालसम्म भूकम्पबाट मानवीय तथा भौतिक क्षतिको कुनै विवरण प्राप्त नभएको सम्बन्धित निकायले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)