मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाँच सयभन्दा बढी फार्मेसीको दर्ता खारेज

gorkhapatraonline.com · Thu Jun 25 04:27:51 GMT 2026

बारा, असार ११ गते । औषधी व्यवस्था विभाग शाखा कार्यालय वीरगन्जले औषधी ऐनविपरीत काम गर्ने ५६७ वटा फार्मेसी पसलको दर्ता खारेज गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि जेठ मसान्तसम्म सञ्चालन गरेको अनुगमन तथा निरीक्षणका क्रममा औषधी ऐनविपरीतको क्रियाकलाप गर्दै आएका सो सङ्ख्याका फार्मेसी पसलको दर्ता खारेज गरिएको औषधी व्यवस्था विभाग शाखा कार्यालय वीरगन्जका प्रमुख शम्भु शाहले जानकारी दिनुभयो ।

मधेश प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र बागमती प्रदेशको मकवानपुर, चितवन र सिन्धुली गरी नौ जिल्लामा औषधी व्यवसायको नियमन तथा अनुगमन गर्दै आएको यस कार्यालयले अनुगमनका व्रmममा ऐनविपरीतको व्रिmयाकलाप गरेको देखेपछि फार्मेसी पसलको दर्ता खारेज गरेको कार्यालय प्रमुख शाहले बताउनुभयो । उहाँका अनुसार अनुगमनका व्रmममा दर्ता नै नगरी सञ्चालनमा रहेका १३ अस्पताल र ४८ फार्मेसी पसल गरी ६१ वटा स्वास्थ्य संस्था तथा व्यवसाय फेला परेका छन् । ती संस्थालाई कानुनी प्रव्रिmया अनुसार कारबाही तथा जरिबानाको दायरामा ल्याइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)