मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लुम्बिनीका चार उपमहानगरको बजेटः विकास खर्चभन्दा चालु खर्च बढी

nepalpress.com · Thu Jun 25 04:28:10 GMT 2026

रुपन्देही । लुम्बिनी प्रदेशका चार उपमहानगरपालिकाले निर्धारित समय तालिकामा बजेट ल्याएका छन् । यीमध्ये रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सबैभन्दा धेरै करिब चार अर्ब रुपैयाँ बराबरको बजेट ल्याउँदा बाँकेको नेपालगन्जले सबैभन्दा कम आकारको बजेट ल्याएको छ । असार १० गतेभित्रै स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार प्रदेशका चार वटै उपमहानगरपालिकाले समयमै आफ्नो बजेट ल्याएका हुन् ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका र बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले बुधबार बजेट ल्याएका हुन् भने दाङका तुलसीपुर र घोराही उपमहानगरपालिकाले असार ८ गते नै बजेट सार्वजनिक गरेका थिए । बजेटको आकारका आधारमा तुलना गर्दा चार उपमहानगरपालिकामध्ये सबैभन्दा ठूलो बजेट बुटवल उपमहानगरपालिकाको रहेको छ भने सबैभन्दा सानो बजेट नेपालगञ्ज उपमहानगरपालिकाको रहेको छ । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३–८४ का लागि ३ अर्ब ९९ करोड २२ लाख २१ हजार २ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ। उपप्रमुख सावित्रादेवी अर्यालले नगरसभामा प्रस्तुत गरेको बजेटमा कुल खर्चमध्ये ५२ प्रतिशत चालु तथा ४८ प्रतिशत पुँजीगत खर्च रहने अनुमान गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)