बसाइँसराइ रोक्न छथर जोरपाटीको नयाँ उपायः गाई वितरण छाडेर अब सुरक्षित आवास
ratopati.com · Thu Sep 17 03:49:07 GMT 2026

धनकुटा । गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म ‘दुहुना गाई’ वितरण गरेको छ । नयाँ परिवारलाई गाउँको उत्पादनसँग जोड्ने र पशुपालनबाट आम्दानीको बाटो खोल्ने उदेश्यले यो अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
गाई दिएर मात्रै परिवारलाई गाउँमा टिकाउन नसकिने निष्कर्षमा पुगेपछि गाउँपालिकाले अब आफ्नो रणनीति फेर्ने भएको छ । ‘दुहुना गाई’ कार्यक्रम हटाएर बसाइँसराइ गरेर आउने परिवारका लागि ‘सुरक्षित आवास’ कार्यक्रम सुरु गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)