सर्पदंशको उपचार अब बागलुङमै
gorkhapatraonline.com · Thu Sep 17 03:46:46 GMT 2026

गत जेठ ५ गते पश्चिम बागलुङको निसीखोला गाउँपालिका–७ राजकुतका ६० वर्षीय जुठे विकलाई विषालु सर्पले डस्यो । तत्काल धौलागिरि प्रादेशिक अस्पतालमा ल्याएर उपचार गरिएपछि विक निको भएर घर फर्किनुभयो ।
कन्सल्टेन्ट सर्जन डा. शंकरराज लामिछाने नेतृत्वको टोलीले पहिलो पटक सर्पदंशको सफल उपचार गरेको थियो । त्यसयता सामान्यदेखि विषालु सर्पले डसेका धेरै बिरामीको उपचार भएको अस्पतालले जनाएको छ । बागलुङमै सर्पदंशको उपचार हुन थालेपछि पोखरा धाउनुपर्ने बाध्यता हटेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)