कञ्चनपुरका छब्बिस जना अझै बेपत्ता
gorkhapatraonline.com · Thu Sep 17 03:45:53 GMT 2026

रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीमा परी बेपत्ता भएको तीन साता बितिसक्दा पनि यहाँका २६ जनाको अवस्था अझै अज्ञात छ । कामको सिलसिलामा रसुवा गएका कञ्चनपुरका २६ जनाको अवस्था अझै अज्ञात रहेको हो ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार यहाँका छ स्थानीय तहमा घर भएका २६ जना अझै रसुवा बाढीपछि बेपत्ता छन् । बेपत्तामध्ये सबैभन्दा बढी भीमदत्त नगरपालिकाका आठ जना, छ जना शुक्लाफाँटा नगरपालिकाका, पाँच जना कृष्णपुर नगरपालिकाका, तीन/तीन जना वेदकोट र बेलौरी नगरपालिका तथा एक जना लालझाडी गाउँपालिकाका पुरुष बेपत्ता छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)