मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कार्यवाहक नगरप्रमुखको पालामा वीरगन्जको झन ठूलो बजेट

rajdhanidaily.com · Thu Jun 25 04:38:03 GMT 2026

वीरगन्ज । मधेश प्रदेशको एक मात्र महानगरपालिका ‘वीरगन्ज’ ले अघिल्लो वर्षभन्दा ७३ करोड २२ लाख २३ हजार सिलिङ्ग बढाएर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । महानगरप्रमुख राजेशमान सिंह विभिन्न मुद्दा हुँदै अख्तियारको भ्रष्टाचार मुद्दामा निलम्बन भएपछि उपप्रमुख इम्तियाज आलम नेतृत्वको महानगरपालिकाले अघिल्लो बर्षभन्दा अझ बजेटको आकार बढाएर आगामी वर्षको नीति तथा कार्यक्रम ल्याएको हो ।

बिषम परिस्थितिका बीच वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष ०८३-०८४ का लागि ल्याएको नीति तथा कार्यक्रम ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजारको रहेको छ । जबकी अघिल्लो वर्ष सामान्य अवस्थामा महानगर प्रमुख सिंहकै नेतृत्वमा रहेको बखत पनि यो प्रदेशको एकमात्र महानगरपालिका वीरगन्जले कुल ३ अर्ब ६९ करोड १२ लाख ४६ हजारको मात्र बजेट ल्याएको थियो । तर यो वर्ष त्योभन्दा ठूलो आकारको बजेट कार्यवाहक महानगर प्रमुख आलमको नेतृत्वको महानगरपालिकाले ल्याएको तथ्याँकले पुष्टि गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)