अर्घाखाँचीका सबै ६ वटै पालिकाले ल्याए बजेट
annapurnapost.com · Thu Jun 25 04:33:50 GMT 2026

अर्घाखाँची : अर्घाखाँचीका सबै ६ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेका छन् । ६ वटा स्थानीय तह रहेको अर्घाखाँचीमा सबै स्थानीय सरकारले बजेट सार्वजनिक गरेका हुन् । बजेटमा कृषि पशुपालन पर्यटन सुशासन जस्ता विषय प्राथमिकतामा राखेका छन् ।
शिक्षा र स्वास्थ्य र रोजगारीका कारण धेरै मानिसहरु बसाईसराई गरेको भन्दै यसलाई रोक्न कृषि पशुपालन पर्यटन तथा विभिन्न स्वरोजगारबाट आयार्जन वृद्धि गरी युवाहरुलाई स्वदेशमै अर्थात् आफ्नै ठाउँमा केही गर्न सहज हुने खालका बजेट विनियोजन गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
सरोज गुरागाईं