डुंगाबाट तस्करी,सुरक्षाकर्मी वरिपरि
janaaastha.com

नवलपरासीका सीमाक्षेत्रमा सुरक्षाकर्मी खटिदासमेत तस्करी नियन्त्रणमा आउन सकेको छैन । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकास्थित बलिनगर सीमा क्षेत्रमा नारायणी नदीबाट डुंगा प्रयोग गरी फर्सीको बीउ,लसुन,मकै भारततर्फ अवैध निकासी भइरहेको छ भने भारतबाट कपडा,केराउ र चिनी आयात भइरहेको छ । सशस्त्र प्रहरीको बिओपी बलिनगरअन्तर्गत नारायणी नदी किनारको ३,४,५,६ र १२ नम्बर ठोक्कर तथा रेवारता भन्ने ठाउँबाट डुँगामार्फत तस्करी भइरहेको स्थानीयले बताएका छन् । नारायणी नदी किनारको रेवारता,बनकट्टी र ठोक्कर किनारसम्म नेपाली पिकअप गाडीले सामान पुर्याउने र त्यहाँबाट डुंगामा लोड गरी भारतीय बौहार बजार लगेर झार्ने,निचलौल हुँदै गोरखपुरसम्म पुर्याइने गरेको स्थानीयबासीहरुको भनाई छ । विशेष गरी सो क्षेत्रबाट मन्तोष र अवधेश भन्ने व्यापारीले डुंगाबाट ओसारपसारको व्यवस्था मिलाएको सुरक्षा श्रोतको दावी छ । यसै गरी नेपाली बिलबिजक बनाएर सीमानासम्म पिकअपमा लैजाने र सीमानामा भारतबाट छली गरी ल्याइएका सामान परासी बजारसम्म ल्याउने काम भने दिपक,हिटलर र लड्डुहरुले गर्ने बताइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)