सप्तकोशी किनारका स्थानीय त्रसित
gorkhapatraonline.com · Thu Sep 17 03:50:26 GMT 2026

रसुवाको भोटेकोशीमा आएको बाढीले ठुलो जनधनको क्षति पु-याएपछि सप्तकोशी नदीआसपासका बासिन्दामा बाढीको त्रास बढेको छ । हिमाली क्षेत्रबाट बगेर आउने सप्तकोशी नदीमा कुनैबेला भोटेकोशीमा जस्तै विनाशकारी बाढी आउन सक्ने चिन्ताले सप्तकोशी किनारका बासिन्दालाई पिरोल्न थालेको छ ।
सप्तकोशी नदीसँगै जोडिएका बस्तीमा बर्सौंदेखि बसोबास गर्दै आएका स्थानीयले भोटेकोशी बाढीको दृश्यले झस्काएको स्थानीय ५५ वर्षीय श्याम चन्द्रवंशीले बताउनुभयो । नदीको बदलिँदो स्वरूप, बर्सौँदेखि थुप्रिँदै आएको बालुवा र गेग्य्रान तथा दशकौँ पुरानो पूर्वी तटबन्धको अवस्थाले चिन्ता बढाएको उहाँको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)