नेपाली समाज भारतद्वारा बाढी प्रभावितका लागि २१ लाख २१ हजार रुपैयाँ सहयोग
nepalpress.com · Thu Sep 17 03:52:37 GMT 2026

नयाँ दिल्ली । रसुवा जिल्लाको उत्तरी सीमावर्ती क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट टिमुरे, रसुवागढी, त्रिशूलीलगायत क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाली समाज भारतले बाढी प्रभावितका लागि २१ लाख २१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
नेपाली समाज भारतको पहलमा भारतका विभिन्न राज्य तथा नगर समितिका नेता, कार्यकर्ता, सदस्य, शुभेच्छुक तथा नेपाली समुदायबाट संकलित रकम नेपाली राजदूतावास, नयाँ दिल्लीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)