एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै
nagariknews.nagariknetwork.com · Thu Sep 17 03:44:39 GMT 2026
जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ।
नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४ः०० देखि कोमाकीस्थित पार्क एरिनामा सुरु हुनेछ। प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ। नेपाल पहिलो खेलमा बुधबार आयोजक जापानविरुद्ध ३-० को सोझो सेटमा पराजित भएको थियो । समूह ‘ए’ मा रहेको नेपाल आज उत्कृष्ट पुनरागमन गर्दै इन्डोनेसियालाई हराउने योजनामा छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)