क्षयरोगका बिरामी बढ्दै
gorkhapatraonline.com · Thu Sep 17 03:57:25 GMT 2026

दैलेखमा क्षयरोगको सङ्क्रमणको अवस्था चिन्ताजनक देखिएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो एक वर्षमा क्षयरोगका बिरामीको सङ्ख्या बढेको पाइएको हो ।
जिल्ला स्वास्थ्यसेवा कार्यालय दैलेखले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८१/८२ मा १४४ जना क्षयरोगका बिरामी भेटिएकामा आव २०८२/८३ मा यो सङ्ख्या बढेर १६४ पुगेको छ । पछिल्लो एक वर्षमा जिल्लामा क्षयरोगका २० जना बिरामी थपिएका हुन् । जिल्ला अस्पताल दैलेखका मेडिकल रेकर्डर सुपरभाइजर प्रकाश अधिकारीले पछिल्लो तथ्याङ्क अनुसार १६४ जना क्षयरोगका बिरामीमध्ये नौ जना १५ वर्षमुनिका बालबालिका रहेका छन् । उहाँले क्षयरोग विशेष गरी सङ्क्रमित व्यक्तिको खोकी तथा खकारबाट निस्कने जीवाणुयुक्त कर्णसँगको सम्पर्कबाट सर्न सक्ने भएकाले सङ्क्रमित व्यक्तिको सम्पर्कमा रहेका बालबालिका जोखिममा पर्ने गरेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)